काठमाडौं । आज बुधबार बिहान ११ बजे सिंहदरबारमा प्रतिनिधिसभाको बैठक बस्ने भएको छ।
बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीनवटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। ती हुन् — राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन (२०८१ श्रावणदेखि २०८२ आषाढ मसान्तसम्म), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२, र राष्ट्रिय समावेशी आयोगको सातौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२।
यसका अतिरिक्त, अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्।
त्यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको छ।
