राजनिती

कर्णाली प्रदेश सरकारबाट काँग्रेस बाहिरियो, चार मन्त्रीले राजीनामा दिए

By अर्जुन भट्टराई

कर्णाली प्रदेश सरकारबाट काँग्रेस बाहिरियो, चार मन्त्रीले राजीनामा दिए

सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेपाली काँग्रेसका चार मन्त्रीले बुधबार मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएका छन्।

बुधबार मुख्यमन्त्री कँडेलले मन्त्रीपरिषद्को बैठक बोलाएका थिए। तर काँग्रेसका मन्त्रीहरू बैठकमा सहभागी नभई सिधै मुख्यमन्त्रीलाई राजीनामा बुझाएर बाहिरिए। मन्त्रीहरूले राजीनामा दिनुको औपचारिक कारण सार्वजनिक भएको छैन, तथापि सरकार सञ्चालनमा देखिएको मतभेदकै कारण काँग्रेस सरकारबाट अलग भएको बताइएको छ।

२०८१ साउनमा नेपाली काँग्रेस र एमालेबीच बनेको संयुक्त सरकारमा सहभागी काँग्रेसका यी चार मन्त्रीले राजीनामा दिएका हुन्। राजीनामा दिनेहरूमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह रहेका छन्।

काँग्रेसका मन्त्रीहरूको राजीनामासँगै कर्णाली प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने बाटो खुलेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.