राजनिती

इटहरीको लाइसेन्स कार्यालयको सेवा ठप्प, सांसद लिम्बुले संसदमा उठाए समस्या

By अर्जुन भट्टराई •

इटहरीको लाइसेन्स कार्यालयको सेवा ठप्प, सांसद लिम्बुले संसदमा उठाए समस्या

काठमाडौं । यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा प्राविधिक समस्या आएपछि इटहरीस्थित सवारी चालक अनुमतिपत्र कार्यालयको सेवा अवरुद्ध भएको छ। यस विषयमा श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर सरकारको ध्यान आकर्षण गराए।

सांसद लिम्बुले भने, ‘काठमाडौँमा रहेको केन्द्रीय सर्भरमा समस्या आएका कारण केही दिनदेखि यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, इटहरी, सुनसरीको सेवा अवरुद्ध भएको छ। तराईको प्रचण्ड गर्मीमा हजारौँ सेवाग्राहीहरू दैनिक सास्ती भोग्न बाध्य छन्।’

उनले सरकारसँग माग गर्दै भने कि जनताको भावना र मर्मलाई बुझेर यो समस्याको यथाशीघ्र समाधान गरियोस्। अत्यधिक गर्मीमा हजारौँ नागरिकले कार्यालय धाउँदा पनि सेवा नपाउनु पर्ने अवस्थाप्रति गम्भीर ध्यान दिन उनले सरकारलाई आग्रह गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.