राजनिती

भ्रष्टाचार नै मुलुकको सबैभन्दा ठूलो समस्या हो : सांसद पराजुली

By अर्जुन भट्टराई •

भ्रष्टाचार नै मुलुकको सबैभन्दा ठूलो समस्या हो : सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले भ्रष्टाचारलाई मुलुकको सबैभन्दा ठूलो समस्याको रूपमा औँल्याएका छन् ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद पराजुलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी कारबाही मात्र पर्याप्त नहुने बताए । उनका अनुसार, यसका लागि राज्यको समग्र व्यवस्था र प्रणालीमै आमूल सुधार ल्याउनु अपरिहार्य छ ।

उनले भने, ‘देशको सबैभन्दा ठूलो समस्या भनेको भ्रष्टाचार हो । त्यही भ्रष्टाचारलाई जरैदेखि निमिट्यान्न पार्नुपर्छ भनेर राजनीतिक बागडोर समाल्दैगर्दा नेपाली जनताले यो जिम्मेवारी काँधमा सुम्पिएका हुन् ।’

पराजुलीले थपे कि भ्रष्टाचार जहाँ र जसरी भए पनि, व्यक्तिविशेषलाई मात्र कारबाही गरेर समस्याको स्थायी समाधान हुँदैन । साथै, उनले पासपोर्ट छपाइ प्रक्रियासँग जोडिएका विषयमा विगतदेखि नै विभिन्न प्रश्नहरू उठ्दै आएको उल्लेख गरे ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.