काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भयो।
भेटवार्ताका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विभिन्न पक्षमा विस्तृत छलफल भयो।
राजदूत अन्स्र्टले मन्त्री यादवलाई उनको कार्यकालको पूर्ण सफलताको शुभकामना दिँदै वर्तमान सरकारको कार्यदिशासँग मिलेर अघि बढ्न र सहकार्य गर्न अस्ट्रेलियाली सरकार इच्छुक रहेको बताए।
यस अवसरमा दुई देशबीचको आयात–निर्यातको वर्तमान अवस्थाको समीक्षा गर्दै व्यापारलाई थप सन्तुलित र प्रभावकारी बनाउने विषयमा पनि छलफल भयो। साथै, अस्ट्रेलियामा रहेका नेपाली डायस्पोराको माध्यमबाट दुई देशबीच व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे पनि सकारात्मक संवाद भयो।
मन्त्री यादवले नेपालको विकास प्रयासमा अस्ट्रेलियाले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरिन्।
