राजनिती

इङ्ग्ल्याण्ड र वेल्समा अत्यधिक गर्मीका कारण झण्डै २,७०० जनाको मृत्यु, बेलायती अध्ययनको खुलासा

By अर्जुन भट्टराई

इङ्ग्ल्याण्ड र वेल्समा अत्यधिक गर्मीका कारण झण्डै २,७०० जनाको मृत्यु, बेलायती अध्ययनको खुलासा

मे र जुन महिनामा आएका दुईवटा भीषण गर्मीका लहर (हीटवेभ) का कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २,७०० जनाको ज्यान गएको एक बेलायती अध्ययनले देखाएको छ।

यो अध्ययन इम्पेरियल कलेज लन्डन, मेट अफिस र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनले मिलेर गरेका हुन्। अनुसन्धानकर्ताहरूका अनुसार यी मृत्यु चरम गर्मीका क्रममा र गर्मीसँग सम्बन्धित संक्रमणका कारण भएका हुन्।

अध्ययनले यो पनि स्पष्ट पारेको छ कि मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनका कारण यस्ता गर्मीका लहरहरू झनै तीव्र बन्दै गएका छन् र त्यसले मृत्युको जोखिम पनि बढाएको छ।

इम्पेरियल कलेज लन्डनकी मौसम र जलवायु परिवर्तन विषयकी अनुसन्धान सहकर्मी क्लेयर बान्र्सले यो अवस्थालाई अत्यन्त गम्भीर बताएकी छन्। उनले भनिन्, ‘अहिलेको तापक्रम केवल वृद्धवृद्धा वा दीर्घरोग भएका व्यक्तिहरूका लागि मात्र चिन्ताको विषय रहेन, अब सामान्य मानिसहरूको स्वास्थ्यका लागि पनि यो वास्तविक खतरा बनेको छ।’

बान्र्सले बेलायत यतिखेर साँच्चिकै खतरनाक स्तरको गर्मीको सामना गरिरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.