राजनिती

नेपाली कांग्रेस नीति प्रतिष्ठानका ६ उपसमितिमा संयोजक तोकिए

By अर्जुन भट्टराई •

नेपाली कांग्रेस नीति प्रतिष्ठानका ६ उपसमितिमा संयोजक तोकिए

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ वटा उपसमितिका संयोजक चयन गरेको छ।

प्रतिष्ठानको पाँचौँ बैठकमा उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको प्रस्तावमा यो निर्णय भएको हो। प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने उद्देश्यले उपसमिति संयोजकहरूको जिम्मेवारी तोकिएको जनाइएको छ।

चयन भएका संयोजकहरू यस प्रकार छन् — अपांगता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिमा रेशम गुरुङ, दुव्र्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिमा डा. डी.बी. सुनार, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिमा सीताराम काफ्ले।

बैठकले यी उपसमितिहरूमार्फत नीति निर्माण, अनुसन्धान तथा प्रशिक्षणसम्बन्धी गतिविधिहरू थप व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.