राजनिती

गृहमन्त्री गुरुङले गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरे

By अर्जुन भट्टराई •

गृहमन्त्री गुरुङले गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि उपचारकै क्रममा ज्यान गुमाएका गणेश नेपालीकी श्रीमतीलाई आइतबार नागरिकता हस्तान्तरण गरेका छन्।

नागरिकता प्राप्तिमा देखिएको समस्यालाई सम्बोधन गर्दै गृह मन्त्रालयले आवश्यक सहजीकरणका लागि पहल गरेको जनाइएको छ।

नागरिकता हस्तान्तरण गर्ने क्रममा गृहमन्त्री गुरुङले पीडित परिवारलाई राज्यका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.