राजनिती

एक वर्षसम्म कुनै मिडियालाई अन्तर्वार्ता नदिने मन्त्री महावीर पुनको घोषणा

By अर्जुन भट्टराई

एक वर्षसम्म कुनै मिडियालाई अन्तर्वार्ता नदिने मन्त्री महावीर पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म कुनै पनि मिडियालाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।

शनिबार आफ्नो फेसबुक पेजमार्फत मन्त्री पुनले यो जानकारी सार्वजनिक गरे। उनले लेखे, ‘आजदेखि मैले कुनै पनि ठूला–साना युटुबर सहित सोसल मिडिया र पत्रकार कसैलाई पनि अति महत्त्वपूर्ण सार्वजनिक महत्त्वका विषय बाहेक एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन।’

यो घोषणासँगै मन्त्री पुनले केही दिनअघि भएको ट्राफिक जरिवाना विवादबारे पनि सफाइ दिए। उनले भने कि सामाजिक सञ्जालका पत्रकारहरूलाई अन्तर्वार्ता दिने क्रममा आफूले ट्राफिक नियम उल्लंघनमा ५० हजार जरिवाना गर्नुपर्छ भनी बोलेको कुरा फिर्ता लिँदै माफी मागिसकेको छु।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.