राजनिती

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे, यी छन् प्रमुख कार्यसूची

By अर्जुन भट्टराई •

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे, यी छन् प्रमुख कार्यसूची

काठमाडौं। प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले तीनवटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। ती हुन् — ‘निर्वाचन आयोगको उन्नाइसौं वार्षिक प्रतिवेदन २०६१/०६२’, ‘राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदन २०८१/०८२’, र ‘राष्ट्रिय महिला आयोगको अठारौं वार्षिक प्रतिवेदन २०८१/०८२’।

यसका साथै, मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि विचार गर्न प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ माथि सदनमा छलफल गर्न प्रस्ताव पेस गर्नेछन्।

सँगै, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी १९४७ (नं. ८१)’ माथि सामान्य छलफल गर्ने र सोही महासन्धीलाई औपचारिक रूपमा अनुमोदन गर्ने प्रस्ताव पनि कार्यसूचीमा समावेश छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.