राजनिती

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन श्रम संस्कृति पार्टीको माग कायमै

By अर्जुन भट्टराई •

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन श्रम संस्कृति पार्टीको माग कायमै

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद पूर्ण प्रसाद लिम्बुले प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने माग दोहोर्‍याएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले भने, ‘सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूले जेठ १७ गते सीमासम्बन्धी दिनुभएको अभिव्यक्ति छिटोभन्दा छिटो सच्याइयोस् भन्ने हाम्रो पार्टीको अडान यथावत रहेको जानकारी गराउँदछौँ। धन्यवाद।’

प्रधानमन्त्रीले जेठ १७ गते सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै श्रम संस्कृति पार्टीले उक्त अभिव्यक्ति सच्याउन सरकारसँग पुनः आग्रह गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.