राजनिती

सांसद खुस्बु ओलीको माग: प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे संसद्मै जवाफ दिनुपर्छ

By अर्जुन भट्टराई •

सांसद खुस्बु ओलीको माग: प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे संसद्मै जवाफ दिनुपर्छ

काठमाडौं । सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएको भन्दै संसद्मै स्पष्ट जवाफ दिन माग गरेकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन्, ‘प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिकै विषयमा बोल्न हामी बाध्य भएका छौँ। यो हाम्रो रहर भन्दा पनि बाध्यता हो।’

उनले थपिन् कि संसद्को नियमित कार्यसूची प्रभावित नहोस् र जनताका मुद्दा ओझेलमा नपरून् भन्ने जिम्मेवारीबोधका साथ आफूहरूले संयम अपनाएका थिए, तर सरकारले त्यसलाई कमजोरी ठानेको स्पष्ट देखियो।

सांसद ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति केवल व्यक्तिगत विचार नभई राज्यको आधिकारिक धारणा बन्ने तथ्यमा जोड दिँदै भनिन्, ‘नेपालको सीमा र भूमिसँग सम्बन्धित विषयमा प्रयोग हुने प्रत्येक शब्दले राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय सन्देश दुवै निर्धारण गर्छ।’

उनले सीमालाई केवल नक्साको रेखा नभई इतिहास, बलिदान, सार्वभौमिकता र भावी पुस्ताप्रतिको दायित्वसँग जोडिएको विषय भएको धारणा राख्दै सरकारले यस विवादास्पद अभिव्यक्तिबारे संसद्मै आएर जवाफ दिनुपर्ने माग दोहोर्‍याइन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.