काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईको अभिव्यक्तिले विवाद निम्त्याएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरे।
बैठकमा बोल्दै सांसद राईले सभामुखलाई उद्देश्य गरी ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भनेर प्रश्न गरेका थिए।
यस अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरे र सभा तथा सभाध्यक्षको अपहेलना हुने गरी कुनै पनि अभिव्यक्ति नदिन निर्देशन दिए। त्यसपछि सांसद राईलाई भाषा सुधारेर बोल्ने अवसर दिइयो।
तर पुनः बोल्ने क्रममा राईले सभामुखले आफ्नो कुरा नसुनेको भन्दै असन्तुष्टि व्यक्त गरे र ‘पाँच वर्ष तपाईंले संसद् चलाउन सक्नुहुन्न’ भन्ने आशयको अभिव्यक्ति दिए।
यसपछि सभामुखले तत्काल बैठक स्थगित गर्ने निर्णय लिए।
