राजनिती

प्रतिनिधि सभाको बैठक आज बस्दै, महान्यायाधिवक्ताको प्रतिवेदनसहित राष्ट्रिय सेवा दल विधेयक पेस हुँदै

By अर्जुन भट्टराई

प्रतिनिधि सभाको बैठक आज बस्दै, महान्यायाधिवक्ताको प्रतिवेदनसहित राष्ट्रिय सेवा दल विधेयक पेस हुँदै

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बुधबार बिहान ११ बजे बस्ने भएको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/०८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौँ वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गर्नेछिन्।

व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री गौतमले नै राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी सो विधेयक पेस गर्नेछिन्। बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गर्नेछन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.