राजनिती

गोविन्दबहादुर कार्की नेपाल सरकारको मुख्य सचिवमा नियुक्त

By अर्जुन भट्टराई

गोविन्दबहादुर कार्की नेपाल सरकारको मुख्य सचिवमा नियुक्त

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। मन्त्रिपरिषद्का प्रवक्ता सस्मित पोखरेलले यस्तो जानकारी दिए।

सोही बैठकले अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। ती निर्णयहरू यस प्रकार छन्:

१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने।

२. गेटा अस्पताल, कैलालीलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने।

३. विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने।

४. शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने।

५. कारागार नियमावली, २०८३ स्वीकृत गर्ने।

६. मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४–२०८७/८८) स्वीकृत गर्ने।

७. भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) स्वीकृत गर्ने।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.