राजनिती

प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्डाबीच शिष्टाचार भेटवार्ता, विकास साझेदारी थप सुदृढ बनाउने प्रतिबद्धता

By अर्जुन भट्टराई

प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्डाबीच शिष्टाचार भेटवार्ता, विकास साझेदारी थप सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित रहेको यस भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस भेटमा प्रधानमन्त्री शाहले सुशासन र पारदर्शितामार्फत नेपालको विकासमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गरिन्।

भेटका क्रममा जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, साथै डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भयो।

एडीबी अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताए। उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्याए। नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उनको भनाइ छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.