राजनिती

प्रतिनिधिसभा बैठक आज बस्दै, के-के छन् कार्यसूची?

By अर्जुन भट्टराई

प्रतिनिधिसभा बैठक आज बस्दै, के-के छन् कार्यसूची?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दुईवटा महत्त्वपूर्ण कार्य सम्पन्न गर्नेछिन्। उनले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र सोही विधेयक औपचारिक रूपमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडग राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछन्।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले दुईवटा अन्तर्राष्ट्रिय श्रम महासन्धीसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्। उनले अन्तर्राष्ट्रिय श्रम संगठनको ‘बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ र ‘श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१)’ माथि विचार गर्न प्रस्ताव राख्नेछन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.