खेलकुद

एनपीएल तेस्रो संस्करण: आज हुँदैछ खेलाडी अक्सन, १५५ मध्ये ५२ जना छनोट हुने

By अर्जुन भट्टराई •

एनपीएल तेस्रो संस्करण: आज हुँदैछ खेलाडी अक्सन, १५५ मध्ये ५२ जना छनोट हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि आज खेलाडी अक्सन हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली खेलाडी आफ्नो टोलीमा समावेश गर्न पाउनेछन्। अक्सनको अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये जम्मा ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा छनोट हुनेछन्।

यस पटकको अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। छनोट प्रक्रियापछि तीमध्ये १५५ जना मात्र अन्तिम सूचीमा स्थान पाउन सफल भए।

अन्तिम सूचीमा परेका खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ — श्रेणी ‘ए’ मा ५ जना, श्रेणी ‘बी’ मा २७ जना र श्रेणी ‘सी’ मा १२३ जना खेलाडी रहेका छन्।

उल्लेखनीय छ, एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेका थिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.