खेलकुद

नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास, ब्राजिलका लागि १२९ खेलमा ठोके ८० गोल

By अर्जुन भट्टराई

नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास, ब्राजिलका लागि १२९ खेलमा ठोके ८० गोल

काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।

फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा ब्राजिल नर्वेसँग २–१ ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएसँगै नेयमारले यो निर्णय सार्वजनिक गरे।

अमेरिकाको न्युजर्सी रंगशालामा खेलिएको उक्त खेलमा नेयमारले ब्राजिलका लागि सान्त्वना गोल गरेका थिए। इन्जुरी टाइममा पेनाल्टीमार्फत गरिएको त्यो गोल यस प्रतियोगितामा उनको एकमात्र गोल थियो।

जारी विश्वकपमा नेयमार पूर्ण फिट नरहेकाले उनी दुई खेलमा मात्र वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए। उनले आफ्नो करियरमा जम्मा चारवटा फिफा विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरे।

३४ वर्षीय नेयमारले सन् २०१० मा ब्राजिलको सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। त्यसपछि उनले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा राखेका छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.