राजनिती

बाँदर, बँदेल र हात्तीको आतंकले किसान गाउँ छाड्न बाध्य, सांसद शर्माले सरकारसँग तत्काल कदम माग्दै

By अर्जुन भट्टराई

बाँदर, बँदेल र हात्तीको आतंकले किसान गाउँ छाड्न बाध्य, सांसद शर्माले सरकारसँग तत्काल कदम माग्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाँदर, बँदेल र हात्तीको बढ्दो आतंकका कारण किसानहरू गाउँ छाड्न बाध्य भइरहेको बताउँदै सरकारसँग तत्काल कदम चाल्न माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शर्माले भनिन्, ‘देशभर बाँदर र बँदेलको समस्याले गरिखाने किसानहरू गाउँ छाडेर हिँड्न बाध्य भएका छन्।’ उनले किसानले वर्षभरि मिहिनेत गरेर उब्जाएको अन्नबाली खेतबारीमा मात्र नभई घरभित्र भण्डारण गरेर राखिएको अन्नसमेत बाँदरले खाइदिने गरेको बताइन्।

उनका अनुसार एक्लै हिँड्दा समेत बाँदरको आक्रमणको जोखिम रहने भएकाले मानिसहरू एक्लै बाहिर निस्कन डराउनु पर्ने अवस्था आइपुगेको छ। सांसद शर्माले बाँदर, बँदेल र हात्तीलाई नियन्त्रण गर्न सरकारले तुरुन्त प्रभावकारी कदम चाल्नुपर्ने माग राखेकी छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.