राजनिती

सिंहदरबारमा आगो लगाउनेहरू आज सत्तामा छन् : दुर्गा प्रसाईं

By अर्जुन भट्टराई

सिंहदरबारमा आगो लगाउनेहरू आज सत्तामा छन् : दुर्गा प्रसाईं

जनकपुर । नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको १०० दिनको समीक्षा गर्ने समय अहिले नआएको बताएका छन्।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले भने, ‘अहिले सरकारको १०० दिनको काम बारे केही भन्दिनँ।’ उनले अब १० दिनपछि एउटा भिडियो सार्वजनिक गर्ने र सो भिडियोमार्फत विशेष खुलासा गर्ने जानकारी दिए।

प्रसाईंले भने कि सिंहदरबारमा आगो लगाउनेहरू आज सत्तामा पुगेका छन् र उनीहरूले पूरै व्यवस्था नै बिगारेर राखेका छन्।

आफूलाई बिना आरोप पक्राउ गरिने गरिए पनि अदालतले सगरमाथाझैं ठडिएर आफूप्रति न्याय गर्ने गरेको उनले बताए।

प्रसाईंले नेपालीलाई अब पुरानो बुटिक नेपाल चाहिएको धारणा राख्दै धर्म, संस्कृति, मिथिला र राजासहितको नेपाल आजका नेपालीको चाहना भएको बताए। साथै उनले सुकुम्बासीहरूलाई उठिबास लगाउने सरकारको नीतिको कडा विरोध गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.