खेलकुद

मोरक्को विश्वकप क्वाटरफाइनलमा, क्यानडालाई ३–० ले ध्वस्त

By अर्जुन भट्टराई

मोरक्को विश्वकप क्वाटरफाइनलमा, क्यानडालाई ३–० ले ध्वस्त

काठमाडौं । फिफा विश्वकप २०२६ मा मोरक्कोले क्यानडालाई ३–० को एकतर्फी अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

ह्युस्टन रंगशालामा खेलिएको यस मुकाबलामा मोरक्कोका मिडफिल्डर अज्जेदिन औनाहीले खेलको ५०औं र ८२औं मिनेटमा एक–एक गरी दुई गोल ठोके। त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले तेस्रो गोल थपेर मोरक्कोको जित सुनिश्चित गरिदिए।

यस जितसँगै मोरक्को टोली विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.