काठमाडौं। फिफा विश्वकप २०२६ मा पोर्चुगलले क्रोएसियालाई २-१ ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ।
शुक्रबार टोरन्टो स्टेडियममा भएको रोमाञ्चक खेलमा पहिले क्रोएसियाले अग्रता लिए पनि अन्तमा पोर्चुगलले जित निकाल्यो।
खेलको ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-० को बढत दिलाए। त्यसपछि ६८औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल ठोक्दै खेललाई १-१ को बराबरीमा ल्याए।
खेलमा १० मिनेटको इन्जुरी समय थपिएको थियो। ९४औं मिनेटमा राफेल लियोको उत्कृष्ट क्रसमा गोन्कालो रामोसले सानदार हेडर गर्दै निर्णायक गोल गरे र पोर्चुगललाई २-१ को जित दिलाउँदै अन्तिम १६ मा पुर्याए।
