खेलकुद

फिफा विश्वकप २०२६ : स्विटजरल्याण्ड अन्तिम १६ मा, अल्जेरिया २–० ले पराजित

By अर्जुन भट्टराई

फिफा विश्वकप २०२६ : स्विटजरल्याण्ड अन्तिम १६ मा, अल्जेरिया २–० ले पराजित

काठमाडौं । स्विटजरल्याण्डले अल्जेरियालाई २–० गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को प्रि–क्वाटरफाइनल (अन्तिम १६) मा स्थान सुरक्षित गरेको छ।

शुक्रबार बिहान खेलिएको यस महत्त्वपूर्ण खेलमा ब्रील एम्बेलोले १० औं मिनेटमै गोल गर्दै स्विटजरल्याण्डलाई शुरुआती अग्रता दिलाए। त्यसपछि ४६ औं मिनेटमा ड्यान एनडोएले दोस्रो गोल थपे, जुन गोल खेलमा निर्णायक साबित भयो।

अब स्विटजरल्याण्डले क्वार्टरफाइनलमा प्रवेश गर्न कोलम्बिया र घानाबीच हुने अन्तिम ३२ चरणको खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.