राजनिती

कांग्रेस संस्थापन इतर समूहको बैठक आज दिउँसो बस्दै, राष्ट्रिय भेलाबारे हुने निर्णय

By अर्जुन भट्टराई •

कांग्रेस संस्थापन इतर समूहको बैठक आज दिउँसो बस्दै, राष्ट्रिय भेलाबारे हुने निर्णय

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको महत्त्वपूर्ण बैठक आज शुक्रबार बस्दैछ। नेता पूर्णबहादुर खड्काले यो बैठक आफ्नो गोल्फुटार स्थित निवासमा दिउँसो २ बजे बोलाएका हुन्।

सो बैठकमा राष्ट्रिय भेला काठमाडौंमा गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गरिने बताइएको छ। बैठकमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीहरूका साथै शीर्ष नेताहरू पनि सहभागी हुनेछन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.