खेलकुद

आज विश्व खेलकुद पत्रकार दिवस मनाइँदै

By अर्जुन भट्टराई

आज विश्व खेलकुद पत्रकार दिवस मनाइँदै

काठमाडौं । आज जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाइँदैछ । हरेक वर्ष यही दिन यो दिवस मनाउने परम्परा रहँदै आएको छ।

सन् १९९४ देखि मनाउन थालिएको यो दिवस सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ (एआइपिएस) स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा मनाइन्छ।

खेलकुद पत्रकारिता पत्रकारिताकै एउटा महत्त्वपूर्ण शाखा हो, जसअन्तर्गत खेलकुदसँग सम्बन्धित समाचार र रिपोर्टिङ गरिन्छ। खेलकुद विटमा कार्यरत पत्रकारहरूका लागि आजको दिन विशेष महत्त्व राख्छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.