खेलकुद

फिफा विश्वकप २०२६: बोस्निया–हर्जगोभिनालाई २–० ले हराउँदै अमेरिका अन्तिम १६ मा

By अर्जुन भट्टराई

फिफा विश्वकप २०२६: बोस्निया–हर्जगोभिनालाई २–० ले हराउँदै अमेरिका अन्तिम १६ मा

फिफा विश्वकप २०२६ को ग्रुप चरणमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ।

बिहीबार खेलिएको यस महत्त्वपूर्ण खेलमा अमेरिकाका फोलारिन बालोगनले ४५औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा मालिक टिलम्यानले दोस्रो गोल थप्दै अमेरिकालाई ऐतिहासिक जित सुनिश्चित गराए।

यस जितसँगै अमेरिका विश्वकपको अन्तिम १६ मा पुगेको छ भने बोस्निया–हर्जगोभिनाको विश्वकप यात्रा भने यहीँ समाप्त भएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.