राजनिती

राष्ट्रियसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि हुनेछ छलफल

By अर्जुन भट्टराई •

राष्ट्रियसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि हुनेछ छलफल

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बिहीबार दिउँसो १:१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विनियोजन विधेयकमा समावेश गरिएका विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुनेछ ।

आजको बैठकको कार्यसूची अनुसार युवा, श्रम तथा रोजगार मन्त्रालय; सूचना तथा सञ्चार मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; शिक्षा तथा खेलकुद मन्त्रालय; र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बजेटमाथि सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय; सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय; विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय; र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेट विनियोजनमाथि पनि छलफल हुने कार्यसूची रहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.