काठमाडौं। प्रतिनिधिसभाले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावलाई निर्णयार्थ राख्दा बहुमतको मतले विधेयक पारित भयो।
विधेयकमाथि छलफल हुँदा केही प्रतिपक्षी सांसदहरूले यसलाई थप अध्ययन र विस्तृत छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने माग राखेका थिए। तथापि, उनीहरूको सुझावलाई बेवास्ता गर्दै प्रतिनिधिसभाले बहुमतका आधारमा विधेयक पारित गरेको हो।
