राजनिती

कृषिमन्त्री चौधरीले थाइल्याण्डमा बसोबास गर्ने नेपालीसँग गरिन् छलफल

By अर्जुन भट्टराई •

कृषिमन्त्री चौधरीले थाइल्याण्डमा बसोबास गर्ने नेपालीसँग गरिन् छलफल

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट गरेकी छन् । आज थाइल्याण्डस्थित नेपाली राजदूतावासमा यो भेटघाट सम्पन्न भएको हो।

भेटघाटका क्रममा कृषि, वन लगायतका क्षेत्रमा गर्न सकिने सहकार्यबारे विस्तृत छलफल भयो । नेपालमा लगानीका सम्भावना, प्रविधि हस्तान्तरण, अनुसन्धान, उद्यमशीलता तथा सीप आदान–प्रदान जस्ता महत्त्वपूर्ण विषयहरू छलफलको केन्द्रमा रहे।

नेपाली समुदायका प्रतिनिधिहरूले कृषि उत्पादन वृद्धि, वन व्यवस्थापन, जलवायु परिवर्तनसँगको अनुकूलन, आधुनिक कृषि प्रविधिको प्रयोग तथा अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने विषयमा सुझाव दिए। मन्त्री चौधरीले ती सुझावलाई मन्त्रालयको कार्यनीतिमा समेटेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन्।

छलफलमा नेपाल र थाइल्याण्डबीच कृषि तथा वन क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउँदै ज्ञान, प्रविधि र अनुभवको आदान–प्रदानमार्फत नेपालको कृषि क्षेत्रलाई अझ प्रतिस्पर्धी र दिगो बनाउनुपर्नेमा जोड दिइयो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.