राजनिती

सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित

By अर्जुन भट्टराई •

सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेकी थिइन्।

सभामुख डोलप्रसाद अर्यालले सो प्रस्तावलाई निर्णयार्थ सदनसमक्ष राख्दा प्रतिनिधिसभाका सदस्यहरूले बहुमतका साथ विधेयकको पक्षमा मत दिए र विधेयक पारित भयो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.