राजनिती

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त, रिक्त पद मनोनयन गर्ने जिम्मा लामिछानेलाई

By अर्जुन भट्टराई •

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त, रिक्त पद मनोनयन गर्ने जिम्मा लामिछानेलाई

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो। पार्टी विधानअनुसार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग रिक्त राख्न नमिल्ने व्यवस्था रहेकाले निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी पुरानै टोलीलाई निरन्तरता दिँदै अनुशासन आयोगमा पौडेललाई नयाँ नियुक्ति दिइएको हो।

सहमहामन्त्री हरि ढकालले भने, ‘हाम्रो विधानअनुसार पहिलो बैठकबाटै निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग रिक्त रहन हुँदैन। त्यसैले निर्वाचन र लेखा आयोगको जिम्मेवारी पुरानै टिमलाई दिएर अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेका छौँ।’

बैठकले हालै सम्पन्न महाधिवेशनलाई सफल बनाउन सहयोग पुर्‍याएका विभिन्न उपसमिति, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको ढकालले जानकारी दिए।

यसका साथै, केन्द्रीय समितिको बैठकले पार्टीका बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने जिम्मेवारी सभापति रवि लामिछानेलाई सुम्पिएको छ।

सहमहामन्त्री निशा डाँगीले भनिन्, ‘बाँकी केन्द्रीय सदस्यहरू मनोनयन गर्ने जिम्मेवारी हामी सबैले पार्टी सभापतिलाई सुम्पिसकेका छौँ। उहाँले क्रमशः मनोनयन गर्नुहुन्छ।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.