काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ को अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ।
मंगलबार बिहान सम्पन्न भएको रोमाञ्चक यस खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पोले ७२औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर मोरक्कोले हार मानेन। खेलको इन्जुरी समयमा इस्सा डियोपले चेम्स्दिन ताल्बीको पासबाट गोल गरी मोरक्कोलाई १–१ को बराबरीमा ल्याए।
निर्धारित समय र अतिरिक्त समय पनि १–१ को बराबरीमा सकिएपछि खेलको फैसला पेनाल्टी सुटआउटबाट गरियो, जहाँ मोरक्को ३–२ ले विजयी भयो।
अब मोरक्कोले अन्तिम १६ मा क्यानडासँग खेल्नेछ।
