राजनिती

प्रधानमन्त्रीको अभिव्यक्तिले सीमावर्ती नागरिक अप्ठ्यारोमा परे : भीम रावल

By अर्जुन भट्टराई •

प्रधानमन्त्रीको अभिव्यक्तिले सीमावर्ती नागरिक अप्ठ्यारोमा परे : भीम रावल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक स्थितिमा रहेको देशले आफ्नो राष्ट्रिय हित र सीमा सुरक्षामा दृढ अडान लिनुपर्ने बताएका छन्।

सोमबार कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै रावलले लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा सुस्ता क्षेत्रको सीमा विवाद अहिलेसम्म समाधान नभएको उल्लेख गर्दै सरकारको अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाए।

उनले भने, ‘नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थामा रहेको देशमा दक्षिणतिर लिम्पियाधुरा–लिपुलेक र कालापानीमा अतिक्रमण भइरहेको छ। सुस्ताका जनताले भर्खरै भनेका छन् — प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्तिले आफूहरू दिनदिनै अप्ठ्यारोमा परिरहेका छन्।’

रावलले स्पष्ट पारे कि ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने प्रधानमन्त्रीको भनाइले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई थप अप्ठ्यारोमा पारेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.