काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन वर्तमान सरकार सफल भएको बताएका छन् ।
सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सत्य निरूपण तथा मेलमिलाप आयोग, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत भई प्रमाणीकरणसमेत भएको बताए ।
“शान्ति प्रक्रियालाई पूर्णता दिन आयोग गठनका लागि सिफारिस समिति बनेको छ, त्यसले आयोग गठनको प्रक्रिया अघि बढाएको छ”, प्रधानमन्त्री ओलीले भने , “लामो समयदेखि द्वन्द्व खेपेको हाम्रो समाजका लागि यो सुखद सन्देश हो ।”
प्रधानमन्त्री ओलीले यस अवधिमा विभिन्न मन्त्रालयसँग सम्बन्धित चार दर्जनभन्दा बढी ऐन, नियम, र कार्यविधिमा सहमति भएको बताए ।
प्रधानमन्त्री ओली भन्छन् : शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार सफल
By अर्जुन भट्टराई •
Related Posts
ब्रेकिङ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध
April 28, 2026
अर्थ
प्रजातन्त्रका उपलब्धिमाथि प्रश्न उठाउनु ‘फेसन’ भएको उपप्रधानमन्त्री सिंहको टिप्पणी
May 24, 2025
अर्थ
कांग्रेस नेताहरूको योगदान जनतामाझ पुर्याउनुपर्छ: देउवा
May 24, 2025
