खेलकुद

आईसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र क्यानडा भिड्दै

By अर्जुन भट्टराई

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्दैछ ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । लिग–२ को दोस्रो त्रिकोणात्मक सिरीज खेल्न लागेको नेपाल जितसहित सुखद सुरुआत गर्न चाहन्छ ।

गत फागुनमा भएको लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणात्मक सिरीजका चारमध्ये तीन खेलमा नेपाल पराजित हुँदा एकमा मात्रै जित हासिल गरेको थियो । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.