खेलकुद

साफ यू-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज भारत र बंगलादेश भिड्दै

By अर्जुन भट्टराई

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज साविक विजेता भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।


तीन पटकको विजेता भारत समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारतले भुटान र माल्दिभ्सलाई समान १-० गाेलअन्तरले पराजित गरेको थियो ।

यस्तै बंगलादेश समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने घरेलु टोली नेपालसँग २-१ ले पराजित भएको थियो ।

आजकाे खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । भारत र बंगलादेशबीचको विजेताले बुधबार घरेलु टोली नेपालसँग उपाधिका लागि खेल्नेछ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.