खेलकुद

साफ यू-२० च्याम्पियनसिप : पेनाल्टीमा भुटानलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश

By अर्जुन भट्टराई

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा विजयी हुँदै नेपाल फाइनलमा पुगेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४-१ गोलले भुटानलाई पराजित गरी फाइनल यात्रा तय गरेको हो ।

यसअघि पहिलो हाफ गोलविहीन भएको खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा भुटानले अग्रता बनाएको थियो । खेलको ७७ औँ मिनेटमा गोल गर्दै नेपालले एक-एक गोलको बराबरी बनायो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र एक गोल गरे ।

नेपालका गोल्किपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने । नेपालले अब भारत र बंगलादेशबीचको खेलमा विजेतासँग बुधबार फाइनल  खेल्नेछ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.