खेलकुद

घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा

By अर्जुन भट्टराई

काठमाडौँ । घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा पुगेको छ ।

मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसंगै नेपाल समूहचरणको एक खेल अगावै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा पुगेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो ।

श्रीलंका पहिलो खेलमा नेपालसंग पराजित भएको थियो । दुवै खेलमा पराजित भएसंगै श्रीलंका समूह ए बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले आफ्नो समूहको दोस्रो खेल भाद्र ६ गते बंगलादेशसँग खेल्नेछ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.