खेलकुद

प्रतियोगितामा सहभागी जनाएर क्रिकेट टोली स्वदेश फिर्ता

By अर्जुन भट्टराई

काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको ।

आज बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए । अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार र एक खेल बराबरी खेलेको थियो ।

नेपालले अमेरिकामा दुई खेल र वेस्ट इन्डिजमा समान दुई खेल खेलेको थियो । अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै, श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएसँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका थिए । त्यसपछि वेस्ट इन्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको अन्तरले पराजित भएको थियो । त्यस्तै, समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.