राजनिती

कार्यसूचीमा प्रवेश नै नगरि स्थगित भयो प्रतिनिधिसभाको बैठक

By अर्जुन भट्टराई

काठमाडौँ । सहकारी प्रकरणमा संसदीय छानविनको माग गर्दै कांग्रेसले गरेको विरोधका कारण प्रतिनिधिसभा बैठक आज पनि अवरुद्ध भएको छ ।

बैठक सुरु हुने बितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका बिषयहरुलाई अघि बढाउन पटक पटक आग्रह गरेका थिए । उनले नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको भन्दै बस्न आग्रह गरेपनि कांग्रेस सांसदहरुले अस्वीकार गरेका थिए ।

कांग्रेस सांसदहरुले लगातार उठेर विरोध गरेपछि सभामुखले जेठ १३ गते बस्ने गरि बैठक स्थगित गरेका हुन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.