काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताए ।
“अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कताकता नेतातन्त्रजस्तो देखिँदै गएको थियो । राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो”, प्रधानन्त्री दाहालले भने, “तर नक्कली भूटानी शरणार्थी, ललिता निवास, बाँसबारी, बालमन्दिर, सुनकाण्डलगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारबाहीले जनतामा लोकतन्त्रप्रति ठूलो भरोसा जागेको छ ।”
सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री दाहालले भने : कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ
By अर्जुन भट्टराई •
Related Posts
ब्रेकिङ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध
April 28, 2026
अर्थ
आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू
June 19, 2025
अर्थ
प्रजातन्त्रका उपलब्धिमाथि प्रश्न उठाउनु ‘फेसन’ भएको उपप्रधानमन्त्री सिंहको टिप्पणी
May 24, 2025
