राजनिती

राष्ट्रपतिका आर्थिक विज्ञ डा.नेपालद्धारा राजीनामा

By अर्जुन भट्टराई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा आज राष्ट्रपति पाैडेलले स्विकृत गरेका छन् ।

केही दिन अघि सरकारले नेपालकाे एक सयकाे नाेटमा चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेकाे थियाे । यसमा नेपालले विवादास्पद अभिव्यक्ती दिएकाे भन्दै चर्काे आलाेचना भएपछि उनले राजीनामा दिएका हुन् ।

राष्ट्रपतिले आज राजीनामा स्वीकृत गर्दै डा. नेपालले आफ्नो पदमा रही पुर्‍याएको सेवाका लागि धन्यवादसमेत दिएकाे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.