काठमाण्डौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा संसदीय समितिका सभापति र दलका प्रमुख सचेतहरुसँग छलफल गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले आज सिंहदरबारमा भएको छलफलमा संसद राकिएपछि जनप्रतिनिधिहरु निर्वाचित क्षेत्र गएका कारण संसदीय समितिहरु समेत सञ्चालन गर्न नसकेको बताएका छन् ।
उनले भने,‘आज सभामुखले संसदीय समिति र पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ । अहिले संसद रोकिएपछि माननीय ज्यू गाउँ जाने चलन रहेका कारण समितिले पनि प्रभावकारी काम गर्न नसकेको हो कि भन्ने लागिरहेको छ । समितिका सभापतिहरुले समितिलाई आवश्यक उपकरण र स्रोतको समस्या र समिति सदस्यहरु निर्वाचन क्षेत्र गएका कारण सक्रियतापूर्वक काम गर्न नसकिएको माननीय सभापतिहरुले सभापतिलाई भन्नुभयो ।’
खतिवडाले सरकारले अनाहकमा संसद स्थगन गर्दा संसदबाटै पारित गर्नुपर्ने र समितिहरुमा पठाउनुपर्ने कानूनमा काम गर्न नसकिएको बताएका छन् ।
संसदीय समितिहरु सञ्चालनका लागि सरकारले आवश्यक पूर्वाधार र स्रोतको व्यवस्थापनि गर्न नसकेको उनको भनाइ छ ।
समानुपातिक निर्वाचनबारे समेत सभामुखसँग छलफल भएको उल्लेख गर्दै खतिवडाले भने,‘एकचोटि समानुपाति प्रणालीबाट निर्वाचित सांसदहरुलाई अर्कोचोटि नल्याउनबारे कानून बनाउन पनि सभामुखसँग कुराकानी गरेका छौं । यसका लागि निर्वाचन आयोगसँग पनि छलफल गरेका छौँ ।’
