राजनिती

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु

By अर्जुन भट्टराई

चैनपुर । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए ।

शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.