राजनिती

राप्रपाद्वारा काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा

By अर्जुन भट्टराई

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ । शुक्रवार बसेको बैठकमा काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको पार्टीले जनाएको छ ।

बैठकको प्रारम्भमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनले दमन गरेको बताएका थिए । साथै उनले केही नेता-कार्यकर्ता घाइते भए पनि समग्रमा प्रदर्शन सफल भएको बताएका छन् ।

पार्टी र एजेन्डाको पक्षमा सकारात्मक सन्देश गएको उनको भनाइ छ । राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको बताउँदै उनले प्रदर्शनमा सहभागी सम्पूर्णलाई धन्यवाद दिएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.