राजनिती

सत्तागठबन्धनबीच सातबुँदे सहमति, के–के हुन् ?

By अर्जुन भट्टराई

काठमाडौं । सत्तागठबन्धनमा आबद्ध नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच सातबुँदे सहमति भएको छ । यसअघि आठबुँदे सहमति गरेका चार दलमा पाँचौँ दल एकीकृत समाजवादी मिसिएपछि नयाँ सहमति बनेको हो ।

नयाँ सहमतिपत्रमा पाँच दलको सहभागितामा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुनर्गठित सरकारलाई सुदृढ र सफल पार्ने, राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक नयाँ दलसँग संवाद गर्ने, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिका आधारमा अविलम्ब टुंग्याउने निर्णय भएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.