राजनिती

आज १४ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिँदै

By अर्जुन भट्टराई

काठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा सामेल हुने थप १४ जना मन्त्रीले आज ५ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

सपथ लिनेहरुमा  नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना रहेका छन् । यसअघि प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिइसकेका हुन् । बिना विभागीय मन्त्रीको हैसियतमा सपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पनि पाउने भएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.