राजनिती

मदन–आश्रित स्मृति दिवसले वामपन्थीबीच एकता गर्ने प्रेरणा दिन्छ: प्रचण्ड

By अर्जुन भट्टराई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा दिने बताएका छन्।

३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले त्यसो भनेका हुन् ।

‘आज ३० औँ मदन–आश्रित स्मृति दिवस। रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रित प्रति भाव पूर्ण श्रद्धा सुमन व्यक्त गर्दछु’ उनले सन्देशमा भनेका छन्, ‘यस दिनले कम्युनिस्ट एवं वाम पन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’

नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा दुर्घटनामा मृत्यु भएको थियो। एमालेले यसलाई हत्याकाण्ड भन्दै आएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.