खेलकुद

प्रिमियर लिगको उपाधि नजिक म्यानचेस्टर सिटी

By अर्जुन भट्टराई

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ। सिटीले अंक तालिकामा चार अंकको अग्रता लिएको छ। सिटीले आइतबार भएको खेलमा एभर्टनलाई ३-० गोलले पराजित गर्‍यो।

सिटीका लागि गुन्डोआनले ३७ र ५१ मिनेटमा गोल गर्दा हाल्यान्डले ३९ मिनेटमा गोल गरे। आइतबार नै उपाधि होडमा रहेको अर्को टिम आर्नसल ब्राइटनसँग ३-० गोलले नै पराजित हुँदा सिटीलाई सहज भएको हो।

अंक तालिकामा सिटी ३५ खेलबाट ८५ अंक जोड्दै शीर्ष स्थानमा छ। एक खेल बढि खेलेको दोस्रो स्थानको आर्सनलको ८१ अंक छ। अब सिटीले एक जित हात पारे उपाधि जित्नेछ। सिटी पछिल्ला ६ सिजनमा पाँचौ उपाधिको नजिक छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.